देशमा रहने सबैभन्दा स्थिर प्रणाली भनेको कर्मचारीतन्त्र हो।नेपालमा हालको परिबेसमा अस्थिर राजनितीक तन्त्रको चपेटामा देस विकास को गति कमजोर रहेको जगजाहेर नै छ।स्वास्थ्य क्षेत्रमा पनि सोही कुरा लागु हुन्छ।म एक सरकारी डाक्टर सरकारको प्रतिनिधी हुं।अर्थात सरकारका स्वास्थ्यका कामलाइ लिएर यदि कसैले खोट लगाउछ भने त्यो खोट म मा पनि लाग्दछ।आदरणिय कुलमान घिसिड़ले देशलाइ अन्धकारबाट मुक्ती दिलाउन सफल भए यसको अर्थ के हो भने सरकारी कर्मचारीले निष्ठा र नैतिकताको ख्याल गरेर सेवा गर्यो भने राजनितीक तरलता बरकरारनै रह्यो भनेपनि देशले कोल्टो फेर्छ तर कर्मचारी तन्त्रलाइ सरकारको साथ चाहिन्छ।कर्मचारीतन्त्रको मुल प्रेरक नै सरकार हो।
म एक सरकारी डाक्टर सरकारको प्रतिनिधी हुं भन्ने बोध भएकैले आजभोली यदि स्वास्थ्य सरोकारलाइ लिएर कसैले सरकारलाइ गाली गर्यो भने मेरो पनि मन दुख्छ।मेरो कार्यक्षेत्रमा यदि स्वास्थ्यको विषयबस्तुलाइ उठाउंदै कुनै सरोकारवालाले गुनासो गर्नुभयो भने त्यो मसंगको गुनासो हो र मेरो कार्यक्षेत्र बाहिर नै भए पनि त्यस्ता अभिब्यक्तीले मलाइ ठेस जरुर लाग्दछ।सरकारी स्वास्थ्यसंस्थाबाटै छात्रवृती करारको रुपमा कार्यअनुभबको आदी भयो र मेरो कार्यअनुभबको सम्पुर्ण सत्र यहि नै बितिद हुनेमा निश्चिन्त छु।त्यसैले सरकारी स्वास्थ्य क्षेत्र मेरो हो।यसका कमजोर पक्षहरुमा मेरा पनि हात छन् र त्यस्ता कमजोरीहरुको समाधान गर्नु मेरोपनि एक जिम्मेवारी हो।स्वास्थ्यमा हामीसंग निती र कार्यक्रममा हुने कोशिसमा कमि छैन।दिनहुं नयां निती आउछन् जनमानसमा उत्सुकता जगाउछन् ,कतिले सेवाग्राहीसम्म पुग्ने अवशर पाउछन् ,कति कागजकै पन्नामा सिमित हुन्छन्।हामी स्वास्थ्यका कर्मचारी श्रोतका हिशाबले कमजोर छौं, शासकको हिसाबले कमजोर छौं तर सबैभन्दा ठुलो कुरा नैतिकताका हिशाबले कमजोर छौं, निष्ठाको हिशाबले कमजोर छौं,अनुशासनको हिशाबले कमजोर छौं।हामी सरकारको नुन खान्छौं,सरकारी श्रोतको उपयोग गरेर आफ्नो ज्ञानसिप अभिबृद्दि गर्दछौं।तर त्यहीं सरकारी स्वास्थ्यसंस्था जसले हामीलाइ सबथोक दिएको छ, त्यसको माया एक रती पनि गर्दैनौं या गरेजस्तो गर्छौं तर ब्यबाहरमा हेंला गरिरहेका हुन्छौं।
धेरै अघि देखि भोग्दै आइरहेकाले सरकारी स्वास्थ्यकर्मी किन पथभ्रष्ट भएका हुन् भन्ने मेरो निष्कर्षमा म सबैभन्दा ठुलो दोष उनिहरुले गर्ने प्राइभेट प्राक्टिसलाइ दिन चाहन्छु।प्रमाणका लागि तलका तिन उदाहरण छन्।
१.डाक्टर साबहरुको रामकहानी
क.उनी एक सरकारी डाक्टर हैनन् तर प्राइभेटमा सरकारी डाक्टरहरुको पछि लाग्ने बिरामीको भिडले उनलाइ पनि बिकास समितीबाट सरकारी जागिर खान प्रेरित गरायो।अर्थात सरकारी जागिर खानु भनेको उनको लागि सरकारी डाक्टरपछि लाग्ने भिडबाट मनग्य प्राइभेट प्राक्टिस गरेर बिटोका बिटो थोपर्नु हो त्यसमा सेवाभाबको उद्देश्य एक रती पनि छैन।उनकै पार्टीका एक नेता अस्पताल बिकास समितीका अध्यक्ष्य हुंदा भनसुन गरेर उनी सरकारी अस्पताल छिरेका थिए।उनी १० बजे अस्पताल जान्छन्, हाजिंर गर्छन्,बिरामी हेर्छन्। २ बजे आफ्नो प्राइभेट क्लनिक पुग्छन्।सरकारीको रिपोर्ट र सो पछिको थप उपचार चाहीं आफ्नो प्राइभेट क्लनिकमा नै हुन्छ।
ख.उनी लोकसेवा पास गरेर सरकारी डाक्टर भएका हुन्।त्यसैले उनी स्थाइ सरकारी डाक्टर हुन्।उनलाइ ठुलो दम्भ छ आफु स्थाइ भएकोमा।करारका कर्मचारीलाइ मान्छे गन्दैनन्।उनी १० बजे हाजीर गर्छन् त्यसपछि हैकम चलाउदै राउण्ड र बिरामी जाचं गर्छन्।बिरामी जाच्दा सकेसम्म धेरै रिपोर्ट पठाउछन् ताकी रिपोर्ट हेर्न उनी पछ्याउदै बिरामी प्राइभेट क्ल्निक पुगुन्।१२ बजे तिर कता हो कता फुत्त निस्किन्छन्।उनको प्राइभेट क्लनिकमा बिरामीहरुको लर्को लाग्छ।तर धेरै जसो सबैजना यतै सरकारीका बिरामी हुन्छन्।सरकारीमा जाचं गर्ने कुनै यन्त्रउपकरण ठिक छैनन् भनेर उनी धेरैलाइ भन्छन्।अस्तिमात्र आफ्नो प्राइभेट क्ल्निकमै जिल्लाको दोस्रो सिटी स्क्यान मेसिन आएदेखि सरकारी अस्पतालको सिटी स्क्यान बिगार्नुमा यिनले धेरै चलखेल गरेका थिए।
२.प्यारामेडिक्सहरुको रामकहानी
क.उनी स्थाइ सरकारी हेल्थ असिस्टेन्ट हुन्।घरपाइको हेल्थपोष्टका इन्चार्ज हुन् उनी।उनी हेल्थपोष्टमा बिरामी जाच्दैनन्।उनी एक ट्रेड युनियनका जिल्ला अध्यक्ष्य पनि हुन्।अफिसमा हप्तामा २/३ दिन आउने,ट्रेनिड़ र गोष्ठी जस्ता कार्यक्रमहरुमा भाग लिने उनको दैनिकी हो।हेल्थपोष्टमा केही औषधी उपकरण छैन भन्छन् ।अनि आफ्नो प्राइभेट मेडिकलको श्रोतसाधनको खुलेर प्रचार गर्छन्।बिहान बेलुकी मेडिकलमा बिरामीको लर्को हुन्छ,दिउसो अफिस टाइममा पनि फुत्तफुत्त हराउछन् र मेडिकलमा पुग्छन्।सरकारी जागिरकै आडले उनले प्रशस्तै सम्पती जोडिसके।हल्ला छ बजारमा, त्यो सम्पतीको श्रोतमा लुकीछिपी गराइएका गर्भपतन प्रमुख हुन्।स्थाइ स्टाफ नर्स र अहेवहरुको पनि यस्तैयस्तै छ कहानी।
सबैजनासंग मेरो अनुरोध के छ भने माथिका उदाहरण ब्यक्तीगत होइनन्।पद्दतीका र संस्कारका हुन्।मलाइ स्वयं आफु पथभ्रष्ट हुन्छु भन्ने डरले जिन्दगी प्राइभेट प्राक्टिस नगरुम झै लाग्दछ तर प्राइभेट प्राक्टिस इच्छा नभै बाध्यता भएको छ धेरैको।
No comments:
Post a Comment