आशा
*******
आशा ।
हरेक अन्ध्यारो रात पछि,
मिर्मिराउने उज्ज्वल बिहानीको ।।।।
तह तहको संघर्ष पछि,
पाउने मिठो सफलताको ।।।।
आशा।
मृत्युले मात्र रोक्न सक्ने
कस्तो तिम्रो चाहत।।।
कति छन् बिध्न मोडमा
कति धेरै आहत ।।।।
गति छन् यिनका कलकलहरुमा ।।।।
चट्टानझै तिम्रा अठोटहरुमा,
अनि नदि झै तिम्रा प्रवाहहरुमा।।।।
आशा ।
कोशिस हरदम,
प्रतिक्षा त्यही प्रहरको ।
लड्दै उठ्दै अघि बढ्दै,
जुध्दै अध्यारो कहरसंग ।।।।
कहिले खुदसंग अनि कहिले खुदासंग।।।
आशा
दुइ अक्षरको
या पुरै जिवनको ।।।।
प्रार्थनामा बस्ने,
विश्वासमा टिक्ने,
प्रकृती या खुदाले रोज्ने,
शाश्वतता र निष्ठाको ।।।।
प्रेम र आहुतीको ।।।।
No comments:
Post a Comment