Thursday, August 31, 2017

स्वार्थ

बडा बडा कुरा गरी
दुनो आफुतिर सोझाउने
अरुलाइ निच त
आफुलाइ भगवान बनाउने ।।।

स्वार्थले त चल्छ संसार
माया त बहाना हो
निर्भणाको मोल छैन
लम्पटता दीर्घ चाहना हो।।।।।

कति आए गौतम बुद्व
कति आए गुरु नानक
कति आए इशु खिष्ट
कति आए मोहम्मद;
तर आफ्नै डम्फु बजाउछन् यिनै पनि
हेर्नोस् त स्वार्थ कति उन्माद ।।

न अमृत पानले जान्छ
न धनले ,न बिद्याले 
अमेट शाश्वत छ हरदम
तर जान्छ ज्ञानले ।।।।

जिबन केहि रहेनछ
निमेष स्वार्थको अंजुली मात्र
म,मेरो भन्दा भन्दै
सक्किहाल्छ नाटक पात्र ।।।।

दु:ख गर्छौं तिमी 
ठुलो भै अरुलाइ कुल्चन
खुट्टा तान्छौं माथि उक्लिन्छौं
सार यहि हो जिवन स्वपन ।।।।

पुरानडिही प्रास्वाके 

2074/05/14

11:00 pm


Tuesday, August 22, 2017

कोशिस

कोशिस गरे के हुदैन र? ।
सानो कमिला ठुलो दाना लिइ दुर दुर जान्छ।
मनको आवाजले पैदल चलाउदा।।
सिद्धार्थले बुद्दत्व पाउछ।।

कोशिस गरे के हुदैन र?।
गरिबको झोपडीमा बल्ने टुकीले अब्दुल कलाम बनाउंछ।
घासीले कुवा खनाउछ ।।
अनि त्यही देखी भानुभक्त रामायण समाउंछ।।

कोशिस गरे के हुदैन र ?।
एकलब्यले मुर्ती थामी बिद्दता पाउंछ।
गरीब नवराज लाइ राजगद्दी दिलाउंछ ।।
पहाड फुटाइ दशरथ बाटो बनाउंछ।।

आउ अब सबै मिली कोशिस गरौं।
आशिसको लागि गरीबको पाउ समाउं।
सफलता हाम्रै हो अझ ठुलो सन्तुष्टी ।।
चराएका घाउमा मलम लगाउं ।।

डा अशोक चापागाईं
पुरानडिही प्राथमिक स्वास्थ्य केन्द्र,तनहुं।
10:03 pm 08/12/2073 ,मंगलबार।


Tuesday, August 15, 2017

म: मनमोहनको नजरमा डा गोबिन्द केसी

यहाहरु सबैलाइ नमस्ते म: मनमोहन अधिकारी।चिन्नु भएन क्यारे म उही तपाइहरुको प्यारो नेता जसको हितकारी कामको हजुरहरु गवाइ हुनुहुन्छ।मैले जिन्दगीमा देश र जनताको भलो बाहेक केहि सोचिन त्यसैले होला भगवान प्रशन्न भएर, म अहिले स्वर्गको उच्च ओहोदामा छु।मेरो सोच र ब्यबाहरको उदाहरण यहा पनि दिइन्छ।म एकदमै खुशी छु।

जबजब धर्ती चिहाउंछु मलाइ नेपालको सानो क्षेत्रले मुग्ध पार्छ,आहा! यति सुन्दर देशमा जन्म र मृत्यु भोग्न पाइयो,म धन्य रहेछु।तर जब मानिसहरु चिहाउछु, राजनिती र समाज चिहाउछु।मलाइ एकदम नैराश्य लाग्छ।उत्तरका छिमेकीले भनेको याद छ,तपाइको देश सुनखानीमा सुतेको देश हो।हो कोशिश गरें हरदम म जति बाचें, यो देशलाइ जगाउनमा।तर आज हेर्छु म संगसंगै देश जगाउन कोशिश गर्ने मेरा साथीहरुका र मेरा अनुयायीहरु पथ भ्रष्ट भएछन्।कति त  सुनखानी मा सुतिरहेको देशलाइ जगाउने होइन बिदेसीको मतियारीमा  सुनखानीनै बेच्ने भएछन्।देश भित्र भित्र खोक्रो भएको रहेछ।म र मेरा समकालीन साथीरुको नामको आडमा देश दलाली गर्ने अनौठो संस्कृती छिरेछ।साच्चैं नै  सुनखानीलाइ टुक्रा टुक्रा पारेर लुछाचुडी गर्न तत्पर छन् सबै।

अहो भगवान! के देख्न पर्यो यो।यहां बिदेसी जासुसहरुका धेरै लगानी रहेछन्, ब्यापारमा लगानी त ठिकै हो भन्नु होला; ब्यक्तीमा लगानी त्यो पनि राजनिती,प्रशाशन,आर्मी र प्रहरी जस्ता जिम्मेदार निकायमा।देश त खोक्रो भएछ।तर कहिलेकाहिं दुइचार नेपालीलाइ चिहाउंदा मनले सुकुन महशुस गर्छ।त्यस्तै मध्येका एक हुन् डाक्टर गोबिन्द केसी।हुन त उनी अहिले मेरै नामको एउटा मेडिकल कलेज बिरुद्द छन् तर विश्वस्त हुनुहोस् उनी मेरा बिरुद्द छैनन्।उनीले मेरो निराश अनुहारमा,अंधकारमय नेपाली बर्तमानमा उज्यालो आशाका इन्द्रेणी देखाएका छन्।उनीप्रती म धेरै आशाबादी छु,उनकै निष्ठाले  जाग्छ यो सुनको खानीमा सुतेको मेरो देश।उनैको कोशिषले  यहा स्यालको शरिरमा बाघको छाला भिरेर देशको टुक्राटुक्रामा लुछाचुडी गर्नेहरु नागें झार हुन्छन्।उनैको कोशिषले एउटा आयाम आउछ जस्ले माफियाको सफाया गर्छ, भ्रष्टचारको सफाया गर्छ।तिमीलाइ धेरै गार्हो भएको छ डाक्टर गोबिन्द तर ढुक्क होऊ यहांका यमदुतहरु पनि तिम्रै जयजयकार गर्छन्।कैलाशको देश,सिताको देश,बुद्दको देशले अब तिमीले जगाएको भरमा न्याय पाउछ भनेर हामी सबैलाइ बिश्वास छ।तिमीले एउटा शुरुवात गरेका छौं यो एउटा कहिल्यै नटुट्ने आयाम हो।हो जनता जागिसके।तिमी जस्ता निष्ठा र सत्यका पुजारी मेरो देशको नागरिकको रुपमा पाउंदा म धन्य महशुस गर्छु।