Wednesday, November 14, 2018

प्रतिक्षा

खै यो के प्रतिक्षा हो, कुन शुरुवातको?
लोलाएका आखामा चित्र छन् आउने गोधुलीहरुको।।।
फेरि एक त्याग, फेरि दिल जोगी
तैपनि किन बेचैन छ मन त्यसैका लागि ।।।

जिन्दगी रिक्त हो कि? भरिएर तिक्त हो कि?
कहिल्यै सकिएन यसमा सबै राग जोड्न।।।।
दिमागी संकल्पमा एकोहोरो कुदिरहदा
सकिएन सबैका चाहना भर्न ।।।।

डा.अशोक चापागाईं
(बिपी स्वास्थ्य बिज्ञान प्रतिष्ठान, धरान।)


Thursday, October 25, 2018

बिना स्काल्पलको सर्जरी र मेरो सपना

तनहुंमा कार्यरत रहदा हामी भ्यासेक्टोमी(पुरुष बन्ध्याकरण) क्याम्प चलाउथ्यौं।त्यो शल्यकृया यति
हानिरहत थियो कि त्यसको नामै 'नो स्काल्पल भायासेक्टोमी' थियो अर्थात नचिरिकन  सानो प्वाल बाट गरिने बन्धायाकरण।म सोच्थे मेडिकल साइन्समा सबै अपरेशनहरु नचिरिकन सम्भव हुने भए बिरामीले कति फाइदा पाउथे होलान।तर त्यसो हुन पुर्ण सम्भव पनि थिएन।विश्व जगतमा सानो प्वालको ठाउंमा ठुलो प्वाल पारेर दुरबिनबाट गरिने अपरेशनहरुले ख्याती पाइरहेका बेला भने नेपालमा अधिकांश ठाउमा धेरै चिरेर नै अपरेशन गरिने गरिन्छ यो हाम्रो साधन श्रोतको पर्याप्तताको बाध्यता हो।त्यसमाथी बाहिर छालामा सानो छेद पारेर मसिना पाइप र तार रेडियोलोजी प्रबिधी(भिडियो एक्सरे, सिटि स्क्यान, एमआरआइ, एनजिओग्राम आदि)को साहयताले निश्चित अंग सम्म पुर्याइ सो अंगको उपचार गरिने प्रबिधीले विश्व मेडिकल जगत लाइनै एक्साइटेड बनाइरहेको छ तर नेपालमा भने यो प्रबिधी को बिकासमा कम प्रयास भएको देखिन्छ।यो उपचार प्रबिधीलाइ इन्टरभेन्सनल रेडियोलोजी भनिन्छ।
आजको युगमा शरिर भित्रका ट्युमरलाई बिना चिरफार उपचार गर्न सकिन्छ।उदाहरणको लागि इमेजिङको सहायताले पाठेघरको फाइब्रोइड ट्युमरलाई काछमा सानो क्षेद पारेर काछको रक्त नलीमा तार र पाइप/क्याथेटर छिराएर पाठेघरको ट्युमर भएको रक्तनली सम्म पुगिन्छ र ति रक्त नलिहरुलाई इम्बोलाइज गरेर बन्द गरिन्छ।अनि ट्युमर आफै मर्दै/सानो हुदै जान्छ ।
मष्तिष्कघात, हृदयघात,मुटु,धमिनी र शिराका समस्याहरु यहि प्रबिधीको सहयोगले बिना चिरफार उपचार गर्न सम्भव छ।क्यान्सरको उपचारमा केमोथेरापीले पुरै शरिरलाई कतिको असर गर्छ हामी धेरैलाइ थाह भएको कुरा हो तर इन्टरभेन्सनल रेडियोलोजीको मद्दतले निश्चित अंगमा मात्र केमोथेराफी दिन मिल्ने हुंदा नकारात्मक असर सबै कम हुन्छ र उपचार पनि थप प्रभाबकारी हुन्छ।शरिरभित्र कतै रगत बगिरहेको छ भने त्यसको उपचार बिना चिरफार अन्यत्र असर नगरिकन रगत बग्न बन्द गर्न सकिन्छ।त्यस्तै भित्री अंगका ट्युमरहरुलाइ इन्टरभेन्सनल रेडियोलोजीको सहायताले रेडियो फ्रिक्युन्सी तथा क्रायोथेरापीको प्रयोगबाट पुर्ण उपचार गर्न सकिन्छ।त्यस्तै भित्री अंगमा पिप जम्मा भएको छ भने पनि इमेजिङको सहायतामा पाइप/क्याथेटर द्वारा बिना चिरफार पिपलाई बाहिर निकाल्न सकिन्छ।

इन्टरभेन्सनल रेडियोलोजी भनेको 21 औ शताब्दीको नयां उपचार प्रबिधी हो।साच्चै नै यो जादुमय छ।मलाई स्वास्थ्यकर्मी, नातेदार अनि साथीभाईहरु सबैले गुनासो सहितको प्रश्न गर्नुहुन्छ, तपाईले MD/MS प्रबेश परीक्षामा उत्कृष्ट अंक प्राप्त गरेर पनि किन रेडियोलोजीष्ट अर्थात बिरामीसंग प्रतक्ष्य साक्षत्कार नगर्ने चिकित्सक बन्ने बिषय रोज्नुभयो,अरु बिषय किन नलिनुभएको।हुन त ठिकै हो चिकित्सक भएर म पनि केहि अघि सम्म यहि सोच्दथे।तर जतिबेला म दुर्गममा सेवा गरिरहेको थिए मेरी आमा घरमा बिरामी पर्नु भयो, उहालाइ पेट दुख्ने, बान्ता हुने समस्या भएको थियो।टेलिफोनमै भरतपुर अस्पताल चेकजांचको लागि लग्न सल्लाह दिए।अस्पतालको चेकजांच  र निदान पछि औषधी सहित आमा घर जानु भयो तर आमाको लक्षण सन्चो भएन।तेश्रो दिन मलाई आफु धेरै आतिएको र जस्सरी भएपनि घर आउन भन्नु भयो।म उहांलाई अस्पताल जादै गर्नु, म त्यतै आउछु भन्दै चितवन हानिए।तहा चिकित्सकको सरसल्लाहले मेडिकल वार्डमा भर्ना गरिएको रहेछ।पछि आमाको अवस्था हेरेपछि कतै एपेन्डिसाइटिस पो हो कि जस्तो लाग्यो तर एकिन गर्न कठिन थियो किनकी भिडियो एक्सरे तथा रगत लगाएतका शुरुवाती रिपोर्टहरु सबै सामान्य थिए ।तहा कार्यरत चिकित्सकहरुसंग सल्लाह गरियो  त्यसपछि सिटी स्क्यान गर्ने निर्णय भयो। नभन्दै सिटी स्क्यानमा एपेन्डिसाइटिस भएको र तत्पश्चात एपेन्डिक्स फुटेको देखियो।त्यसपछि तुरुन्त आमाको अपरेशन भयो।र सबै राम्रै भयो।यो घटनाले मलाई बेस्सरी हल्लायो।उपचार गर्ने चिकित्सक हाम्रो शरिरको दिमाग हुन् भने आंखा भनेकै रेडियोलोजिष्ट हुन्।त्यसैले रेडियोलोजीष्टहरु बिरामीको प्रतक्ष्य साक्षत्कारमा आउन नपरे पनि जसरी आखांले दिमागलाई  नियन्त्रण गर्छ त्यसरी नै उपचार गर्ने चिकित्सकको उपचारलाइ नियन्त्रण गरिरहेका हुन्छन् भन्ने कुरा मैले भन्दा बढि कस्ले बुझ्न सक्थ्यो र? उपचारमा सबैको हात हुन्छ।उपचार/अपरेसन गर्ने चिकित्सक देखी नर्स,पारामेडिक्स,ल्याब कर्मचारी,रेडियोग्राफर सबै।त्यसैले कसैलाई सानो र ठुलो देख्नु दृष्टिभ्रम हो।तरपनि यो घटना पश्चात एउटा कुशल रेडियोलोजिष्ट बनेर रोग निदान तथा उपचारलाई सबल बनाउने चाहना मेरो मनमा बिस्तारै पलाउन थाल्यो।फेरि आफु सर्जरीमा इन्ट्रेष्ट भएको मान्छे त्यसैले भबिष्यमा पश्चाताप पो हुन्छ की भन्ने भय थियो।तर  बुझ्दै जादा इन्टरभेन्सनल रेडियोलोजीमा फेलोसिप गर्न सकिने कुरा र इन्टरभेन्सनल रेडियोलोजिको विश्व मेडिकल जगतमा ब्याप्त क्रेजले मलाइ सहजै रेडियोलोजी बिषयतिर आकर्षित गर्यो।अर्थात रेडियोलोजी मा स्पेसियलाइजेसन गरेपछि मात्र इन्टरभेन्सनल रेडियोलोजीमा सुपरस्पेसियलाइजेसन गर्न सकिन्छ। त्यसैले बिपी स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरानमा प्रथम पाइला स्वरुप रेडियोलोजी बिषय अध्ययन गर्ने निधो गरियो।

विश्व मेडिकल जगतमा इन्टरभेन्सनल रेडियोलोजीले चमत्कारी आयाम थप्दै गइरहेको छ।नेपालमा यो शुरुवाती अवस्थामा छ।हाम्रो जेनेरेसन रेडियोलोजी अध्ययन सकेर बहिर आउन्जेल आशा गरौं यसको उल्लेख्य बिकास स्वदेस मै हुनेछ।र बिरामी ले बिना उच्च जोखिमको गुणस्तरिय सेवा पाउन सक्नेछन्।

डा.अशोक चापागाईं

भरतपुर अस्पताल, चितवन

Thursday, August 31, 2017

स्वार्थ

बडा बडा कुरा गरी
दुनो आफुतिर सोझाउने
अरुलाइ निच त
आफुलाइ भगवान बनाउने ।।।

स्वार्थले त चल्छ संसार
माया त बहाना हो
निर्भणाको मोल छैन
लम्पटता दीर्घ चाहना हो।।।।।

कति आए गौतम बुद्व
कति आए गुरु नानक
कति आए इशु खिष्ट
कति आए मोहम्मद;
तर आफ्नै डम्फु बजाउछन् यिनै पनि
हेर्नोस् त स्वार्थ कति उन्माद ।।

न अमृत पानले जान्छ
न धनले ,न बिद्याले 
अमेट शाश्वत छ हरदम
तर जान्छ ज्ञानले ।।।।

जिबन केहि रहेनछ
निमेष स्वार्थको अंजुली मात्र
म,मेरो भन्दा भन्दै
सक्किहाल्छ नाटक पात्र ।।।।

दु:ख गर्छौं तिमी 
ठुलो भै अरुलाइ कुल्चन
खुट्टा तान्छौं माथि उक्लिन्छौं
सार यहि हो जिवन स्वपन ।।।।

पुरानडिही प्रास्वाके 

2074/05/14

11:00 pm


Tuesday, August 22, 2017

कोशिस

कोशिस गरे के हुदैन र? ।
सानो कमिला ठुलो दाना लिइ दुर दुर जान्छ।
मनको आवाजले पैदल चलाउदा।।
सिद्धार्थले बुद्दत्व पाउछ।।

कोशिस गरे के हुदैन र?।
गरिबको झोपडीमा बल्ने टुकीले अब्दुल कलाम बनाउंछ।
घासीले कुवा खनाउछ ।।
अनि त्यही देखी भानुभक्त रामायण समाउंछ।।

कोशिस गरे के हुदैन र ?।
एकलब्यले मुर्ती थामी बिद्दता पाउंछ।
गरीब नवराज लाइ राजगद्दी दिलाउंछ ।।
पहाड फुटाइ दशरथ बाटो बनाउंछ।।

आउ अब सबै मिली कोशिस गरौं।
आशिसको लागि गरीबको पाउ समाउं।
सफलता हाम्रै हो अझ ठुलो सन्तुष्टी ।।
चराएका घाउमा मलम लगाउं ।।

डा अशोक चापागाईं
पुरानडिही प्राथमिक स्वास्थ्य केन्द्र,तनहुं।
10:03 pm 08/12/2073 ,मंगलबार।


Tuesday, August 15, 2017

म: मनमोहनको नजरमा डा गोबिन्द केसी

यहाहरु सबैलाइ नमस्ते म: मनमोहन अधिकारी।चिन्नु भएन क्यारे म उही तपाइहरुको प्यारो नेता जसको हितकारी कामको हजुरहरु गवाइ हुनुहुन्छ।मैले जिन्दगीमा देश र जनताको भलो बाहेक केहि सोचिन त्यसैले होला भगवान प्रशन्न भएर, म अहिले स्वर्गको उच्च ओहोदामा छु।मेरो सोच र ब्यबाहरको उदाहरण यहा पनि दिइन्छ।म एकदमै खुशी छु।

जबजब धर्ती चिहाउंछु मलाइ नेपालको सानो क्षेत्रले मुग्ध पार्छ,आहा! यति सुन्दर देशमा जन्म र मृत्यु भोग्न पाइयो,म धन्य रहेछु।तर जब मानिसहरु चिहाउछु, राजनिती र समाज चिहाउछु।मलाइ एकदम नैराश्य लाग्छ।उत्तरका छिमेकीले भनेको याद छ,तपाइको देश सुनखानीमा सुतेको देश हो।हो कोशिश गरें हरदम म जति बाचें, यो देशलाइ जगाउनमा।तर आज हेर्छु म संगसंगै देश जगाउन कोशिश गर्ने मेरा साथीहरुका र मेरा अनुयायीहरु पथ भ्रष्ट भएछन्।कति त  सुनखानी मा सुतिरहेको देशलाइ जगाउने होइन बिदेसीको मतियारीमा  सुनखानीनै बेच्ने भएछन्।देश भित्र भित्र खोक्रो भएको रहेछ।म र मेरा समकालीन साथीरुको नामको आडमा देश दलाली गर्ने अनौठो संस्कृती छिरेछ।साच्चैं नै  सुनखानीलाइ टुक्रा टुक्रा पारेर लुछाचुडी गर्न तत्पर छन् सबै।

अहो भगवान! के देख्न पर्यो यो।यहां बिदेसी जासुसहरुका धेरै लगानी रहेछन्, ब्यापारमा लगानी त ठिकै हो भन्नु होला; ब्यक्तीमा लगानी त्यो पनि राजनिती,प्रशाशन,आर्मी र प्रहरी जस्ता जिम्मेदार निकायमा।देश त खोक्रो भएछ।तर कहिलेकाहिं दुइचार नेपालीलाइ चिहाउंदा मनले सुकुन महशुस गर्छ।त्यस्तै मध्येका एक हुन् डाक्टर गोबिन्द केसी।हुन त उनी अहिले मेरै नामको एउटा मेडिकल कलेज बिरुद्द छन् तर विश्वस्त हुनुहोस् उनी मेरा बिरुद्द छैनन्।उनीले मेरो निराश अनुहारमा,अंधकारमय नेपाली बर्तमानमा उज्यालो आशाका इन्द्रेणी देखाएका छन्।उनीप्रती म धेरै आशाबादी छु,उनकै निष्ठाले  जाग्छ यो सुनको खानीमा सुतेको मेरो देश।उनैको कोशिषले  यहा स्यालको शरिरमा बाघको छाला भिरेर देशको टुक्राटुक्रामा लुछाचुडी गर्नेहरु नागें झार हुन्छन्।उनैको कोशिषले एउटा आयाम आउछ जस्ले माफियाको सफाया गर्छ, भ्रष्टचारको सफाया गर्छ।तिमीलाइ धेरै गार्हो भएको छ डाक्टर गोबिन्द तर ढुक्क होऊ यहांका यमदुतहरु पनि तिम्रै जयजयकार गर्छन्।कैलाशको देश,सिताको देश,बुद्दको देशले अब तिमीले जगाएको भरमा न्याय पाउछ भनेर हामी सबैलाइ बिश्वास छ।तिमीले एउटा शुरुवात गरेका छौं यो एउटा कहिल्यै नटुट्ने आयाम हो।हो जनता जागिसके।तिमी जस्ता निष्ठा र सत्यका पुजारी मेरो देशको नागरिकको रुपमा पाउंदा म धन्य महशुस गर्छु।

Tuesday, June 13, 2017

रेबिज: एक शत प्रतिशत प्राणघातक रोग

           रेबिज: एक शत प्रतिशत प्राणघातक रोग
रेबिज एक शत प्रतिशत प्राणघातक रोग हो त्यस कारणले यो जनस्वास्थ्यको लागि  ठुलो खतरा चिन्ता को बिषय बनेको छ। तर सबै भन्दा महत्वपूर्ण कुरा के हो भने रेबिज शतप्रतिशत रोक्थाम गर्न सकिने रोग पनि हो। तर त्यस्का लागि रेबिज सम्बन्धी  जनचेतना उच्च हुनु जरुरी त्यसैको सार्थकता को लागि यो लेख लेख्ने कोसिश गरिएको हो।
परिचय:
यो रोग भाईरस (rhabdo परिवारको लिसा भाईरस)बाट हुन्छ।सुरुमा जनावारको र्यालमा रहेका भाईरस जनावारको टोकाइबाट घाऊमा पुग्छ। यो भाईरस रगत लिम्फ बाट नभै छाला मुनिको भित्रि तन्तु (सवक्यूटानियस टिस्यु) मांसपेशी हुंदै परिधीय स्नायु,मेरुदण्ड अन्त्यमा गिदी सम्म पुग्दछ।गिदीमा सन्क्रमण भएपछी मात्र बिशेष लक्षण हरु देखिन्छन अन्त्यमा गिदिका मसिना स्नायु बाट भाईरस र्याल ग्रन्थी, छाला, आँखाको कोर्निया अन्य अंगहरुमा पुग्दछ यस्ता सन्क्रमित जनावारले टोक्दा र्याल ग्रन्थिमा भएको भाईरस फेरी अर्को जनावारको शरीर प्रबेश गर्दछ    
सर्ने तरिका:   
जंगली जनावार जस्तै ब्वासो फ्याउरो स्याल आदिको शरीरमा रहेको  रेबिज भाईरस घरपालुवा जनावार या जुनसुकै स्तन्धारी जनावार ति जंगली जनावारको सम्सर्गमा पुग्दा रेबिज सर्न सक्छ। यस्ता जनावारले फेरी अन्य स्तन्धारी  जनावार या मान्छेलाई यो रोग सार्न सक्छन।
यो रोग खासगरिकन रोगी जनावरले टोकेको अवस्थामा ¥यालको माध्यमवाट सर्दछ रेविज रोग लागेर वहुलाएको जनावरहरुको घाउ चाटेमा वा च्यातिएको छाला वा मुखमा नाकमा ¥याल परेमा पनि रोग सर्न सक्तछ ।दक्षिण पूर्वी एशियाका मानिसहरुमा ९६ प्रतिशत रेविज रोग कुकुरको टोकाईवाट सर्ने गरेको पाईएको यसको अलावा अन्य जनावरहरु जस्तै विरालो, न्याउरी मुसा, स्याल, व्वांसो, फ्याउरो अन्य मांसाहारी जनावरहरुको टोकाईवाट पनि रोग सर्ने गरेको रिर्पोटहरु छन् तर वांदर मुसाहरुवाट विरलै सर्ने सर्दछ
कहिले काही पशु धनीहरु रेविज रोगलाई खोरेत, भ्यागुते वा चोकि भनि झुक्किएर हातले औषधि खुवाउने कोशिस गर्दा रेविज रोग सर्न सक्दछ रेविज रोग लागेको जनावरको दुध मांसु खाएर मानिसहरुमा रोग सरेको प्रमाण हालसम्म पाईएको छैन् ेविज रोग लागेका जनावरहरु वध गर्ने रोगी पशुहरुको गिदी वा अन्य संक्रमित अंगहरुसंग लसपस हुने व्यक्ति वा पेशाकर्मीहरुलाई रोग सर्ने सम्भवना हुन सक्दछ रेविज रोग लागेर मरेका मानिसहरुको आंखा (कोर्निया) स्वस्थ मानिसमा प्रत्यारोपण गर्दा रोग सर्ने सम्भावना कम भएता पनि आंखा (कोर्निया) वा अन्य अंगहरु प्रत्यारोपण गर्दा रोग सरेको पाईएको तसर्थ रेविज वा रेविज जस्तै संकास्पद रोग लागेर मरेका रोगीहरुको कोर्निया वा अरु अंगहरु प्रत्यारोपण को लागि जम्मा गर्न वा प्रयोग गर्न हुदैन् रेविज रोग लागेका रोगीहरुले अरु मानिसहरुलाई टोक्ने सम्भावना नभएता पनि हेरचाह गर्ने मानिसहरु यस वारे सजग होसियार हुन पर्दछ रोगीको ¥यालको संसर्गमा आउन हुंदैन्
रेविज रोगका लक्षणहरु:
कुकुरमा देखिने रेविज रोगका लक्षणहरु:
******************************
हाम्रो क्षेत्रमा ९६% मा रेबिज रोग कुकुर को टोकाइ बाट सर्ने हुँदा यि लक्षण हरु आफ्नो नजिक मा रहेका कुकुरहरुमा भए नभएको ख्याल गर्नु अती नै महत्वपूर्ण हुन्छ।रेविज रोग लागेको कुकुरमा देखिने प्रमुख लक्षण नै सामान्य वानीव्यहोरामा परिवर्तन देखा पर्नु हो जस्तै
- विना कारण टोक्ने
- अस्वभाविक वस्तुहरु जस्तै लठ्ठी, कांटी, दिशा आदि खाने
- बिना कारण जथाभावी दौडने
- स्वरमा परिवर्तन आउने जस्तै घोक्रे स्वर निकालेर भुकिरहने वा स्वर निकाल्न नसक्ने
-अत्यधिक ¥याल काढ्ने वा मुखको च्यापवाट फिज आउने, तरपानी देखि नडराउने

मानिसमा रेविज रोगका लक्षणहरु:
***************************

पहिलो अवस्था-
-टोकेको घाउ भएको भाग दुख्ने चिलाउने (८० प्रतिशत भन्दा वढि केशमा )
- देखि दिन सम्म ज्वरो आउने, टाउको दुख्ने, शरीरका मांसपेशी दुख्ने घाँटी दुख्ने
-बिरामी साना-तिना कुरामा पनि उत्तेजित हुने।

दोस्रो अवस्था
- हल्ला वा ठुलो आवाजवाट तर्सने, चम्किलो, उज्यालो वा हावा सहन नसक्ने ।त्यसैले  अँध्यारो सुनसान कोठामा एक्लै बस्न रूचाउने
-चिडचिडाहट हुने, रिसाउने, कहिले कांहि उत्तेजित भई झम्टने कहिले चुपचाप शान्त भई वस्ने
-पानीसँग खेल्न मात्र होइन पानी हेर्नै डराउने, रोगको पछिल्लो अवस्थामा पानी देख्नासाथ घांटी तन्काउने
-श्वास प्रश्वासमा कठिनाइ हुने हुनाले तीर्खा लागे पनि बिरामीले पानी खान सक्दैन ।

तेस्रो अवस्था
 र्‍याल चुहाउने, अरूलाई टोक्न खोज्ने, विस्तारै हातगोडा नचल्ने हँुदै मृत्यु हुन्छ ।
यो अवस्था देखि दिन सम्म रहन सक्छ तर राम्रो हेरचाह गरेको रोगीमा देखि दिन वा वढि समयसम्म पनि रहन सक्दछ     
       
 उपचार
*******
रेविज रोगका लक्षणहरु देखा परिसकेपछि यसको उपचार संभव छैन् यस्तो अवस्थामा रोगीलाई भौतिक दुःख मानसिक चिन्तावाट मुक्त गराई आरामसंग राख्न वाहेक अरु केहि गर्न सम्भव छैन् ।बिरामीको हेरचाह गर्ने व्यक्तिले रोगीको टोकाईका साथै घाउहरुलाई ¥यालवाट वचाउन व्यक्तिगत सरसफाई वा सुरक्षाका उपायहरु सदैव अपनाउने
आजसम्म संसारमा सात जना रेविजका रोगीहरु वांचेका रेकर्ड पाईएकोछ तर उनीहरु सवै जसोले टोकाई पूर्व रेविज रोगवाट वच्नकोलागि गरिने खोप लगाएका थिए यसले रोगको वाटो परिवर्तन गरी विषाणुको असर कम गरेर वचाएको हुन सक्दछ एउटैमात्र रोगीजसलाई चमेरोले टोकेको थियो उसलेमात्रै टोकाई पूर्व दिईने खोप लगाएको थिएन् तर त्यो रोग पनि क्लासिकल रेविजको विषाणुवाट भएको थिएन्


रोकथाम र नियन्त्रण
रेबिज रोगको शतप्रतिशत रोक्थाम सम्भव छ तर रोक्थाममा हेल्चेक्र्याइ गर्‍यो भने यो रोग शत प्रतीशत प्राणघातक पनि छ । त्यसैले रोक्थामको लागि तलका कुराहरुमा बिशेष ध्यान दिनु पर्दछ ।   
1.पशु चिकित्सक वा पशु स्वास्थ्यकर्मीहरुको सिफारिस अनुसार पाल्तु कुकुर वा विरालोहरुलाई नियमित खोप लगाउनु पर्दछ ।कुकुरमा रेविज खोप दिएको प्रमाण पत्र सुरक्षित साथ राख्नु पर्दछ र वार्षिक खोप लगाउदा देखाउनु पर्दछ ।
2.रेविज रोग लागेको वा रोगको शंका भएको गाई वा भैसीको दुध र मासु वेच्न र खान हुदैन ।
3. कुत्ताघरमा कामगर्ने कर्मचारी य नियमित जोखिममा रहने जो कोहिले रेबिजको जोखिम पुर्व दिने खोप लगाउने । 
रेविजको जोखिममा पर्न पूर्व(जनावार् ले टोक्नु अघी)दिईने तालिकाः
 
मासु भित्र दिईने खोप तालिकाः 
एक पटकमा एक मात्रा खोप ०, ७ र २१ वा २८ दिनमा दिईन्छ ।
 
छाला भित्र दिईने खोप तालिकाः 
प्रत्येक पटक खोपको एक मात्रा(०.१ मिलिलिटर) ०, ७ र २१ वा  २८ दिनमा दिईन्छ । तर खोपको वचत वढाउनको लागि सुई लगाउन तयार पारिएको खोप ६ घण्टा भित्र सकिने संख्यामा विरामीहरु हुनु पर्दछ ।
 
4. रेबिज सार्ने कुकुर बिरालो या अन्य जनावारले टोकेपछि बिशेष प्राथमिक उपचार र रेविजको जोखिम पश्चात दिईन खोप दिनुपर्छ।
 
जनावारले टोकेपछि गरिने बिशेष प्राथमिक उपचार र थप उपचार
-टोकेको घाउलाई सकेकम्म चाँडै १० मिनेट सम्म सावुन र पानीले धुनु पर्दछ ।यदि सावुन पाईएन भने पानीले मात्रै भएपनि पखाल्नु पर्दछ । यो नै रेविज विरुद्धको सवभन्दा प्रभावकारी प्राथमिक उपचार हो ।
-स्वास्थ्य सेवाकेन्द्रमा गएर घाउलाई ७० प्रतिशतको अल्कोहलले वा पोभिडोन आयोडिन सोलुसनले राम्रोसंग सफा गर्नु पर्दछ ।
-आवश्यक परेमा टेटानस टक्स्चाईड खोप दिन पर्दछ ।
-संभावित जिवाणुको संक्रमण रोक्नकोलागि एन्टिमाईक्रोवियल्स सिफारिस गर्न पर्दछ ।
- आबश्यक भए जनावारले टोकेपछी दिने रेबिज खोप या इम्युनोग्लोबुलिन दिने ।
-मुसाले टोक्दा रेबिज खोप दिनु पर्दैन तर दिनुपर्छ । अध्ययन अनुसार दक्षिण एसियाका चमेराहरुले रेबिज नसार्ने हुँदा चमेराको टोकाइ मा पनि रेबिज खोप दिनु आबश्यक छैन। बाँदरको टोकाइ बाट भने कतिपय अवस्थामा डाक्टरको सल्लाह बमोजिम खोप लगाउनु आबश्यक हुन्छ।
-रेबिज को खोप लगाएको कुकुर ले टोक्यो भने पनि सो टोकिने ब्यक्तीले  खोप लगाउनु पर्दछ किनभने त्यो कुकुरमा लगाएको खोप को गुणस्तर सहि थियो कि थिएन हामीले भन्न सक्दैनौ। 
-यदी टोक्ने कुकुरलाई १० दिन सम्मा निगरानीमा राख्न सकिन्छ भने ०, ३, ७ दिनको खोप लगाउनु पर्दछ तर १० अौ दिन सम्म पनि कुकुरलाई कुनै लक्षण देखिएन भने १४ अौ दिनको खोप नलगाउने तर २१ वा २८ अौ दिनको लगाउने। 
टोकेको घाउमा गर्न नहुने कामहरुः
-घाउलाई कुनै ड्रेसिङ्ग गर्ने वस्तुले वा व्याण्डेजले छोप्न ।
-घाउमा टाँका लगाउन,यसले रेविजका विषाणुलाई फैलन मद्दत गर्दछ ।
यदि घाउ ठुलो छ र वन्द गर्न आवश्यक छ भने रेविज ईम्युनोग्लोवुलीनको सुई दिएर मात्रै टाँका लगाउन पर्दछ (मानव निर्मित ईम्युनोग्लोवुलीन महङ्गो हुनाको साथै सिमित मात्रामा मात्रै पाईन्छ, घोडावाट निर्मित रेविज ईम्युनोग्लोवुलीन धेरै देशहरुमा पाईनुका साथै मानववाट निर्मित ईम्युनोग्लोवुलीन भन्दा सस्तो पनि हुन्छ)।घाउको टाँका खुकुलो हुनु पर्दछ र घाउवाट रगत र अन्य पदार्थहरु वहने प्रकृयालाई वाधा पु¥याउन हुदैन ।
रेविजको जोखिम पश्चात दिईने तालिकाः
यसका लागि तीन प्रकारका तालिका सिफरिस गरिएका छन् ।
क) ५ मात्राको मासु भित्र दिईने तालिका (ईसेन प्रोटोकल)
०, ३, ७, १४, र २८ आंै दिनमा ०.५ मिलीको एक एक मात्रा खोप मासु भित्र दिईन्छ । यो सुई हातको पाखुराको माथिल्लो भागमा दिन पर्दछ वा साना वालवालिकाको तिघ्राको वाहिर पट्टिको मासुमा दिईन्छ । यो खोप पुठ्ठा वा नितम्वको मासुमा कदापी दिन हुंदैन् किनकि त्यांहा वाट खोप शरीरभित्र सोसिने प्रकृया अनिश्चित हुन्छ ।० दिन भन्नाले खोपको पहिलोमात्रा लगाएको दिन लाई सम्झनु पर्दछ ।यो दिन जनावरले टोकेको पहिलो दिन नहुन पनि सक्दछ ।

छाला भित्र दिईने खोप तालिका:
-०, ३, ७, र २८ अौ दिनमा रेबिजको सुई लाउनुपर्छ
-यो बिधिमा खोपको थोरै दिये पुग्ने ०. मिली मात्रा लगाए पुग्ने भएकाले  मासुमा  लगाउने खोपमा भन्दा यसमा खर्च कम पर्न आउछ नेपाल सरकारले हालै टेकु अस्पातल बाट यो खोप को शुभआरम्भ गरेको
 विस्व स्वास्थ्य संगठन ले कुन कुन अवस्थामा रेबिज को खोप इमीनोग्लोबुलिन लगाउने भनेर निर्देशन जारी गरेको सो यसप्रक्कर

(डा अशोक चापागाईँ
पुरानडिही प्राथमिक स्वास्थ्य केन्द्र तनहुँ)