Saturday, February 25, 2017

पत्रिकामा प्रकाशित लेखहरु

पुरुष बन्ध्याकरणका ६ भ्रम
@ http://swasthyakhabar.com/news-details/2706/2017-01-31
सरकारी स्वास्थ्य संस्थाका चुनौती थरिथरि
http://swasthyakhabar.com/news-details/3237/2017-03-03
गोबिन्द गाथा
http://www.hamrodoctor.com/news/583ec1ab8d5fd
गोबिन्द गाथा
http://swasthyakhabar.com/news-details/1716/2016-11-27

Wednesday, February 15, 2017

दुर्गमको आशिश : स्वास्थ्यकर्मीको बक्सिस


"बचपनको बात, ठुलो  बनी नाम कमाइ
गरुला सेवा बृद्द र गरिबलाइ।।।
आज आइ दुर्गममा मलम लगाइ
खुशी छ मन दुखीको पाउ समाइ ।।"

अहिले यतिखेर याद आउछ मेरो एकजना गुरुले एमबिबिएस इनटर्नसिपको अन्त्यतिर भनेको-'हेर तिमीहरु डाक्टर भइसकेका छौ।आफ्नो ज्ञान प्रती बिश्वस्त हौ, परेको बेला तिमीहरुले ज्यान जोगाउन सक्छौ।त्यसैले आफ्नो पेशाको मर्यादा बुझ,बरु अरुले बुझ्लान् ,डाक्टरहरु आफैले त्यो बुझेका हुदैनन्।'
त्यस्तो ज्यानै जोगाउने त्यो पनि आफ्नै भरले, खै सकिन्छ कि सकिदैन थाह थिएन तर सरको त्यो वाणीले सबैका आखामा चमक आएको थियो र मनमा उत्साह।जिन्दगीका पन्नाहरु पल्टिदै गए ।सरहरुको निर्देशबाट टाढा तर मार्गदर्शनबाट नजिक भएर आफ्नै स्वबिबेक र स्वअध्ययनले बाटो अघि बढिरहेछ।हेर्दाहेर्दै झन्डै ४ बर्ष यसरी नै बितिसकेछ।

एमबिबिएस अध्ययनपछि छात्रबृती करारमा २ बर्ष चितवन (गृह जिल्ला)मा काम गरे।त्यसपछि धुलिखेल अस्पतालमा हाडजोर्नी बिषयमा स्नातकोत्तर अध्ययन गर्दै थिए बिचमा लोक सेवामा नाम निस्कियो र सो अध्ययन छाडेर अहिले पुन मेडिकल अधिकृतको रुपमा काम गरिरहेछु।नियुक्ती लिइसकेपछी करिब १० महिना लमजुड़मा रहेर सेवा गरें।त्यसपछि तनहुंमा सेवारत छु।अहिले तनहुंको पुरानडिही पिएचसी,पन्चनगर दोस्रो घर भएको छ।तिन जना चिकित्सक,एक सिनियर अहेब,एक स्टाफ नर्स,एक अहेब,४ ANM नर्स,१ ल्याब असिष्टेन्ट र तिन कार्यलय सहयोगी गरेर हामी १४ जना छौं।उहाहरु सबै जना अति नै लगनशील र बिरामीको सेवाको लागि अनुरागी हुनुहुन्छ।लाग्दछ यस्ता सहकर्मी पाउनु भाग्यको कुरा हो।

खै के भनुम  रहरले डाक्टर भइयो, अनि रहरले हो कि बाध्यताले भनुम सरकारी पेशामा आइयो ।गरिरहेको हाडजोर्नी सम्बन्धी स्नातकोत्तरको पढाइ छाडेर  फेरि एमबिबिएसकै लेभेलमा प्रबेश गरेको छु।अनि फेरि घरबाट टाढा दुर्गममा खटिएको छु ।अहिले भबिष्यप्रती धेरै आशा राखेका ति बिगतहरु सन्तुष्ट नहोलान् तर अहिले दुखीका घाउमा मलहम लगाउन पाउदा आफ्ना धेरै घाउ आफै ठिक भएको प्रतित हुन्छ।त्यसमाथि दुर्गमका आषिस र मायाले ब्रतमान पुरस्कृत छ।यस्तै आशिषका धेरै मध्येका दुइ कथा यहां जिकिर गर्न चाहन्छु।

कथा १
शुक्रबारको दिन थियो ।१०:०० बजे बिहान हाजिर गरेर अफिसबाट ओपिडी कोठामा जादैं थिए । टाढा बाट कोलाहलको आवाज आयो । केहि बेरमा एक हुल मान्छे पिएचसी द्वार सम्म आए।धेरैको रुवाबासी थियो,ति मध्ये कसलाइ के भएको हो अत्तोपत्तो थिएन।'मेरो बाबुलाइ के भयो नि ' भन्दै एक जना महिला लडिबुडि गर्दै हुनुहुन्थ्यो।एकजना बाजे रुदै थिए, उनको हातमा एउटा बच्चा अचेत अबस्थामा थियो।बच्चाले जिब्रो टोकेको र उसको शरिरमा कम्पन आइरहेको थियो। त्यती देख्नासाथ हामीले हतार हतार गरेर इमरजेन्सी कक्षमा बच्चालाइ लग्यौं।आधा घण्टादेखि त्यस्तो भइराखेको रहेछ, त्यो अबोध ९ महिनाको बालकलाइ ।हामीले धेरै संघर्ष पश्चात औषधीको सहायताले करिब १५ मिनेटपछि रोक्न सक्यौं बच्चाको कम्पनलाई।भाग्य भनौं !धन्न हामीसंग त्यो औषधी उपलब्ध थियो त्यतीबेला ।पछि स्थिर अबस्था भएपछि अन्य औषधी दिएर रिफर गरियो उहाहरुलाइ।उहाहरु पछि  हामीहरुलाइ भेट्न आउनुभयो।र भेटमा धेरै आशिष, माया र ममता दर्शाउनु भयो।एउटा बिरामीको रोदनले गरेको जयजयकार उडिछुनु चन्द्र जस्तै हुदोरहेछ।

कथा न.२
साझको समय थियो पिएचसी को मथिल्लो तल्लामा क्वाटरमै बसिराखेको थिए।तलबाट कर्मचारी साथी अहेब जयराम शाहले बोलाउनु भयो। शाह सर हाम्रो पिएचसीको गहना हुनुहुन्छ,तराइ रौतहट घर भएका उहां पहाडी भेगलाइ आफ्नै घर झै गरेर बर्षौ बसिसक्नुभएको छ  र बिहे पनि पहाडिया संगै गर्नुभएको छ।पहिले पहिले पिएचसीमा खासै डाक्टर बस्ने चलन नहुंदा उहाले नै डाक्टर बनी सेवा दिनु परेकाले र मान्छे कालो वर्णको र बोलीचाली थारु समुदायको लवजको भएकाले  सबैजनाले उहांलाइ 'डाक्टर चौधरी' भन्दा रहेछन्।उहांको जतिको काममा निष्ठा र लगाब भएको मान्छे मैले कमै देखेको छु।तल पुगियो, एकजना बाजे बिरामी बेडमा छट्पटाइरहनु भएको थियो। 'बाजे के भयो हजुरलाइ भनेर सोधियो' त्यसको उत्तर आएन।बाजे झन् बढि छट्पटाउन थाल्नु भयो।सास लामो लामो,जाडोको महिनामा पनि पसिनाले चुर्लुम्म हुनुहन्थ्यो बाजे।उहाको अनुहार र आखा हल्का फुलेका थिए।बिरामी कुरुवा डाक्न भनियो ।एक जना मान्छे आखा अगाडि आउनुभयो, उहालाइ सोध्यौं' के भएर लिएर आउनु भयो?' उहाले त बाटोमा भेटेर लिएर आउनुभएको रहेछ, थाहा हुने कुरै भएन।बाजे भने अझै पनि जति कोशिष गरेपनि  बोल्नु भएको थिएन, एकोहोरो छटपटाइमात्र रहनु भएको थियो।
सर्सती सबै सामान्य चेकअप गर्यौं । ब्लड प्रेसर  सुन्य थियो। नाडीको गती पनि सुन्य नै थियो।मुटु चाहिं धड्किराखेको थियो ।कतै हृदयघात त होइन भन्ने शंका लाग्यो।सोध्यौं-' छाती दुख्छ बाजे'।बाजे ले मुन्टो ले 'नाइ नाइ' भन्नु भयो। अचानक बाजेले आवाज निकाल्नु भयो, 'चिलाएको थियो अघि'।त्यती शब्द-इशारा पाइसकेपछि एनाफाइल्याक्टिक सक (anaphyllactic shock) हो कि भन्ने शंकाले, हामीले धेरै प्रश्न त्यसैलाइ खोतल्न सोध्यौं ।एउटा प्रश्नको उत्तरले हामीलाइ ठाउमा पुर्यायो ,त्यो प्रश्न थियो 'केहि औषधी नया खानु भएको थियो ?'  बाजेले मुन्टोले 'अ' भन्नुभयो।हामी संग समय एकदमै कम थियो तत्काल केहि नराम्रो हुन्छ की जस्तो भइरहेको थियो त्यसैले 'एनाफाइलाक्टिक सक' नै हो भनेर हामीले इन्जेक्सन् एड्रिनालिन दिने निधो गर्यौं ।

इन्जेक्सन दिएको केहि समयमा नै बाजेलाइ राम्रो भयो।मृत्यु र जिबनको लडाइमा जीबनको जित भो।पछि बाजेका आफन्तले पिएचसी भरियो । र पछि पाइल्सको नया चक्की(प्रमुख कारक) सहित अन्य तिन औषधी एकैचोटी खानाले त्यस्तो भएको भेद खुल्यो। पछि बाजेले आफैले बेलिबिस्तेर लगाउनु भयो 'आज म यहां ठिक समयमा नआएको भए मर्थे।' केहि घण्टापछि औषधी र काउन्सेलिड़ गरेर उहाहरुलाई घर पठाइयो।जादै गर्दा धेरै कृतघ्न भएर मुरी मुरी धन्यबाद दिनुभयो बाजे र उहाका परिवारजनले।हामीलाइ निकै खुशी लाग्यो।

यस्ता धेरै घटनाहरुले गर्दा हालको परिपेक्ष्यमा डाक्टर हुनुको तिक्तता मिठासमा परिणत भइरहेछ।आज गर्व सहित भन्न सक्छु,,मरेपछि स्वर्ग पुगिन्छ कि नाइ थाह छैन तर जिउदै चाहिं स्वर्गमै छु।म लगायत दुर्गममा हुने धेरै स्वास्थ्यकर्मीको हविगत यस्तै छ, दुर्गमको आषिस: स्वास्थ्यकर्मीको बक्सिस।।

डा अशोक चापागाईं
पुरानडिही प्रा स्वा के तनहुं।।

(दोस्रो फोटो पुरानडिही पिएचसी को)