कुरा तनहुंमा बन्ध्याकरण क्याम्प चलिरहदाको हो ।एकजना दम्पती (पुरुष ४५ महिला 35 बर्षको)मिनिल्याप (महिलाले गर्ने बन्ध्याकरण) गर्न दमौली अस्पतालमा आउनुभएको थियो।महिला ज्यादै उत्साहित र खुसी देखिनु हुन्थ्यो।हुनपनि किन खुसी नहुनु पछि बुझ्दै जांदा इच्छ्याएर पनि परिवार नियोजनको साधन प्रयोग गर्न नपाउदा ५ केटाकेटी भइसकेछन्। अबभने आफ्नो परिवार र परिवारको खुशी ब्यबस्थापन गरेर सुखी हुने दृढता उहाको अनुहारमा स्पष्ट देखिन्थ्यो र त्यसको जिम्मेवारी श्रीमान भन्दा पनि आफैले बोक्ने आट गरेकोमा सायद धेरै खुसी हुनुहुन्थ्यो। महिला अलिक मोटो भएको कारणले हामीले पुर्वशल्यक्रिया गरिने जांचमा अपरेसन गर्न मोटोपनाले अलिक अप्ठ्यारो हुने कुरा उहालाइ भन्यौं।अपरेसन थिएटरमा पुगिसकेपछि नभन्दै पेटमा भएको बोसोले अपरेसन सफल हुन सकेन ।(मिनिल्याप गर्दा महिलाको डिम्ब वाह्य नली बाध्नु पर्छ ।तल्लो पेटको बिचभागमा सानो चिरेर त्यस पछि पेटको छाला,मांसपेसी,बोसो,झिल्ली पन्छाएर मात्र डिम्ववाह्य नली फेला पर्छ । मोटो मान्छेमा छालाको तल र झिल्ली(पेरिटोनियम) को बाहिर अत्याधिक बोसो हुन्छ ।त्यसैले गर्दा सानो चिराई भुएकाले बोसो धेरै भएमा यस्ले डिम्ब वाह्यनलीलाई छेक्छ र सल्यक्रिया गर्न गार्हो हुन्छ ।)हामीले ति महिलालाइ :' दिदी हजुरको शल्यक्रिया हुन सकेन' भन्यौं यो सुन्नासाथ उहां सानो मुख लगाएर रुम्ला झै गर्नु भयो । बिचरा उहाको परिवार ब्यबस्थापनमा आफ्नै योगदान दिने रहर पुरा हुन सकेन।अपरेसन कोठाबाट बाहिर आइसकेपछि हामीले दुबै दम्पतीलाइ राखेर किन अपरेसन हुन सकेन भनेर सम्झायौं।त्यसपछि महिलाको अपरेसन भन्दा पुरुषको झन सहज हुन्छ त्यसो भए पुरुषको गरौं, पुरुषको बन्ध्याकरण गर्न चिर्नु पनि पर्दैन र अपरेसन पछिको जटिलता पनि कम हुन्छ भनियो।उनका श्रीमान यो सुन्नासाथ नाइ नाइ म त गर्दिन भन्दै २-४ कदम पछाडि सरे र बाहिर निस्कन खोजे ।हामीले बाहिर लगेर एक्लै सम्झायौं पनि तर उहा पटक्कै मान्नु भएन।त्यसपछि दस दिनको क्याम्पमा यस्तै घटनाहरु धेरै दोहोरिन थाले ।हामीले धेरै भ्रमहरु पन्छाउन खोज्यौं तर संस्कृतिलै जगेर्ना गरेका अन्धबिश्वासहरुलाइ एक पटकको परामर्शले के भत्काउन सक्थ्यो र?
हामीले अध्ययन गर्दै जादा हाम्रो समाजमा भ्यासेक्टोमी/पुरुष बन्ध्याकरण सम्बन्धी यस्ता भ्रमहरु पायौं।
भ्रम१:
भ्यासेकटोमी/पुरुष बन्ध्याकरण भनेको खसी पार्नु हो ।(भ्यासेकटोमी/पुरुष बन्ध्याकरण को अर्को कथित नाम भनेकै च्याप्ने अपरेसन/खसी पार्ने अपरेसन रहेछ ।)
यथार्थता१:
भ्यासेकटोमी/पुरुष बन्ध्याकरणमा अण्डकोष च्याप्ने होइन ।यो बिधीमा अण्डकोष ढाक्ने छालाको बाहिरिभागमा नचिरिकन सानो प्वाल बनाइन्छ र सोही प्वालबाट सुक्रकिट बग्ने नली बहिर निकालेर तल र माथि बाधेर,बाधेको बिचको भाग थोरै ( ०.६- ०.८ सेमी)काटिन्छ।र सो नलीलाइ यथास्थानमा राखिन्छ। यो बिधिमा अण्डकोषलाई केहि गरिदैन त्यसैले अण्डकोषले आफ्नो काम ( हर्मोन/रगरास बनाउने )अपरेसन पश्चात पनि गरिरहन्छ।
भ्रम२:
भ्यासेकटोमी/पुरुष बन्ध्याकरण गरिसकेपछि यौनशक्ती घट्छ।
यथार्थता२:
यो भ्यासेकटोमी/पुरुष बन्ध्याकरण बिधिमा अण्डकोषलाई केहि गरिदैन त्यसैले अण्डकोषले आफ्नो काम ( हर्मोन/रगरास बनाउने )अपरेसन पश्चात पनि गरिरहन्छ।यसरी बनेको हर्मोन रगतमा जान्छ र यसैले पुरुसत्व प्रदान गर्छ।त्यसैले यो अपरेसन पछि पनि यौनशक्ती र पुरुसत्व कायमै रहन्छ।
भ्रम३ :
यो अपरेसन यकदमै ठुलो हो र यो अपरेसन गरेपछि धेरै कमजोर बनाउछ।
यथार्थता:
यो एकदमै सरल तर प्राबिधिक कौसलता चाहिने अपरेसन हो।यसका यकदमै कम जटिलता छन्। र यसले केहि शारीरिक कमजोरता गराउदैन।
भ्रम ४:
यो अपरेसन गरेपछि बिर्य बाहिर आउदैन।
यथार्थता४:
यो अपरेसन गरेपछि शुक्रकिट मात्र बाहिर आउदैन तर बिर्यका अरु तरल पदार्थ जुन प्रोष्टेट र सेमिनल भेसिकल जस्ता ग्रन्थीले उत्पादन गर्छन,यि भने बाहिर आउछन्।तर याद गर्नुपर्ने कुरा के छ भने सुरुको ३ महिना अथवा सुरुको २० मैथुनमा भने शुक्रकिट बग्ने नलिमै रहेका शुक्रकिट आउनसक्छन्। त्यसैले माथि उल्लेखित समयमा अस्थाइ साधन प्रयोग गरेन भने अपरेसन गरेपछि पनि गर्भ रहन सक्छ।
भ्रम ५:
पुरषले गर्ने बन्ध्याकरण महिलाले गर्ने बन्ध्याकरण भन्दा ठुलो/गार्हो हो।
यथार्थता ५:
पुरुषले गर्ने बन्ध्याकरण महिलाले गर्ने बन्ध्याकरण भन्दा कम जटिलता भएको अपरेसन हो। महिलाले गर्ने बन्ध्याकरणमा चिरफार गर्नुपर्छ ।पेट चिर्नु पर्ने भएकाले कहिलेकांही गम्भिर जटिलता जस्तै आन्द्रा र पिसाब थैलीमा प्वाल पर्ने हुन सक्छन् ।आन्द्रामा प्वालपर्यो भने सो कारणले कहिलेकाही मृत्यु पनि हुन सक्छ।
भ्रम ६
भ्यासेकटोमी/पुरुष बन्ध्याकरण सजिलै उल्ट्याउन मिल्छ र पछि सन्तान जन्माउन आवश्यक परेमा यो उल्ट्याउदा सतप्रतिसत सन्तान हुन्छन्।
यथार्थता ६
पुरुष बन्ध्याकरण उल्ट्याउन त मिल्छ तर यो उल्ट्यायपछि सन्तान हुने सम्भावना सतप्रतिसत रहदैन र यसको सफलता अपरेसन गरेको समय जति बित्दै जान्छ त्यती घट्दै जान्छ।उदाहरणको लागि सुरुको ३ बर्षभित्र उल्ट्याए ७५% सफल हुन्छ।३-८ बर्षमा उल्टाए ५३% मात्र सफल हुन्छ ,९-१४ बर्षभित्र उल्ट्याए ४४% सफल हुन्छ र १४ बर्ष भन्दा बढिको फरकमा उल्टाए जम्मा १५% मात्र सफल हुन्छ।त्यसैले उल्ट्याउन मिल्ने बिधी हो भनेर बुझ्नु भ्रामक हुन्छ।
डा अशोक चापागाईं
पुरानडिही पिएचसी,तनहुं।।